काठमाडौँ, १० पुस– प्रधानमन्त्री ओली नेतृत्वको सरकारले फेरि दुई मन्त्रालय थप्ने निर्णय गरेको छ ।
बिहीबार तीन मन्त्रालय फुटाएर दुई नयाँ मन्त्रालय बनाएको सरकारले भोलिपल्ट शुक्रबार अर्को दुई वटा मन्त्रालय फुटाउने निर्णय गरेको छ ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयलाई फुटाएको छ नयाँ पशु विकास मन्त्रालय बनाएको छ ।
कृषिमन्त्रीमा हरिबोल गजुरेल छन् भने पशु विकास मन्त्रालयको जिम्मेवारी शान्ता मानवीलाई दिइएको छ । यसअघि बिहीबार मानवीलाई दिइएको शान्ति तथा पुनर्निर्माण मन्त्रालय भने एकनाथ ढकाललाई दिइएको छ।
सरकारले बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई फुटाएको छ र बाणिर्य र आपूर्ति अलग अलग मन्त्रालय भएको छ । बाणिर्यमन्त्रीमा गणेशमान पुन छन् भने आपूर्ति मन्त्रालयको जिम्मा दिपक बोहोरालाई दिइएको छ । राप्रपाबाट मन्त्री बनेका बोहोरा श्रममन्त्री पनि हुन् ।
Subscribe to:
Post Comments (Atom)

0 comments Blogger 0 Facebook
Post a Comment